|
२०८२ चैत्र २९
पूर्वी फ्रान्सको ह्यागेनबाख गाउँमा करिब दुई वर्षदेखि भ्यानभित्र अमानवीय अवस्थामा राखिएका ९ वर्षीय बालकको प्रहरीले उद्धार गरेको छ। छिमेकीले बालकको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले भ्यान खोल्दा बालक नग्न, कुपोषित र अत्यन्त कमजोर अवस्थामा फेला परेका थिए। लामो समय एउटै अवस्थामा बसेका कारण उनी हिँड्नसमेत नसक्ने अवस्थामा पुगेका छन् । अभियोजकका अनुसार बालकलाई सन् २०२४ देखि आफ्नै बुबाले भ्यानमा थुनेर राखेका थिए । बुबाले आफ्नी साथीले बालकलाई मानसिक अस्पताल पठाउन खोजेपछि यस्तो कदम चालेको बताएका छन् । तर बालकमा कुनै मानसिक समस्या नभएको र उनी विद्यालयमा राम्रो विद्यार्थी रहेको खुलेको छ।
हाल बालकको अस्पतालमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्