काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन् । पानोरोमा डकुमेन्ट्रीमा आफ्नो भाषणा गलत अर्थ लाग्ने सम्पादन गरिएको भन्दै ट्रम्पले मानहानि मुद्दा दायर गरेका हुन् ।
फ्लोरिडाका अदालतका कागजातअनुसार, ट्रम्पले अरबौँ डलर क्षतिपूर्ति माग गरेका छन् ।
बीबीसीले नोभेम्बरमा ट्रम्पसँग माफी मागेको थियो, तर क्षतिपूर्तिको माग अस्वीकार गरेको थियो । बीबीसीको भनाइ अनुसार, ‘मानहानिको दाबीको कुनै आधार छैन ।’
ट्रम्पको कानूनी टोलीले भने बीबीसीले उनको भाषणसँग ‘जानीबुझी, दुर्भावनापूर्ण र भ्रामक तरिकाले छेडछाड’ गरी उनको छविमा क्षति पुर्याएको भन्दै मुद्दा दायर गरेको । मुद्दा दायर भएपछि बीबीसीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
ट्रम्पले बीबीसीविरुद्ध मानहानिको आरोप र फ्लोरिडा ट्रेड प्राक्टिसेज कानूनको उल्लंघनसम्बन्धी अर्को आरोपमा मुद्दा दायर गरेका छन् ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्