भारतद्धारा रुससँगको सम्बन्धलाई निरन्तरता दिँदै अमेरिकाको दबाबलाई बेवास्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २४

काठमाण्डौँ । भारतले रुससँगको सम्बन्धलाई निरन्तरता दिँदै अमेरिकाको दबाबलाई बेवास्ता गरेको छ, जसले दुई देशबीचको सम्बन्धमा तिक्तता बढाएको छ।

भारतलाई सजाय हुने खालका अमेरिकी नीतिहरू सार्वजनिक हुँदै गर्दा गत हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नयाँ दिल्लीमा न्यानो स्वागत गरेका छन् । मोदीको सन्देश प्रस्ट थियो– भारत सार्वभौम शक्ति हो, उसलाई बलपूर्वक विश्वमा विद्यमान ‘पश्चिमा र बाँकी विश्वको’ बढ्दो ध्रुवीकरणमा कुनै एउटा पक्ष रोज्न लगाउन सम्भव छैन । भारत अन्तर्राष्ट्रिय मामलामा आफ्नै बाटो लिँदै अघि बढ्ने छ ।

अमेरिकाका लागि भारतको ज्यादै ठुलो महत्त्व छ । उसको दीर्घकालीन रणनीतिक स्वार्थका लागि भारत जत्तिको महत्त्वपूर्ण अर्को प्रमुख शक्ति नै छैन भन्दा अत्युक्ति हुँदैन । जनसङ्ख्याको आकार, भौगोलिक अवस्थिति तथा सैन्य क्षमताका कारण भारत नै त्यस्तो एक मात्र मुलुक हो, जसले एसियामा प्रभुत्व कायम गर्ने चीनको प्रयासलाई चुनौती दिन सक्छ । साथै प्रकारान्तरले अमेरिकालाई वैश्विक वर्चस्वशाली शक्तिको रूपमा टिकाउन सक्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *