केरलामा बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या २६ पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक १

केरला- भारतको केरला राज्यमा बाढी पहिरोमा मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

इडुक्की र कोटयाम जिल्लामा भारी वर्षापछिको पहिरोमा पाँच बालबालिकासहित कम्तिमा २६ जनाको मृत्यु भएको हो । कयौँ व्यक्ति हराइरहेकाले मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

पीडितलाई राहत प्रदान गर्न र हराइरहेका व्यक्तिको खोजीलाई तीब्र पारिएको केरलाका मुख्यमन्त्री पिनारेइ विजयानले बताए । बाढी प्रभावित क्षेत्रमा सेना, पनडुब्बी र हवाई फौज परिचालन गरिएको छ ।

पहिरोले रुख ढाल्दा बिभिन्न ठाँउमा सडक अबरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *