|
२०८२ चैत्र २०
काठमाडौं । इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार झालाई हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको छ । उनी मध्यपूर्वमा तनाव सुरु हुनुभन्दा अघि नै पक्राउ परेका थिए ।
झाको अवस्थाबारे एक वकिलले भेट गरी पुष्टि गरिसकेको र उनी सुरक्षित रहेको जानकारी दिइएको छ । तर, अदालतको निर्णय आउन बाँकी रहेकाले सम्भावित सजायबारे केही खुलाइएको छैन।
यसैबीच, इजरायल–अमेरिका र इरानबीचको द्वन्द्वका कारण विभिन्न देशमा मृत्यु भएका ३८ नेपालीको शव नेपाल ल्याउन ढिलाइ भएको मन्त्रालयले जनाएको छ । उडान प्रभावित भएकाले रियाद, दुबई, जेद्दा, आबुधाबी, तेल अविव, कतार, ओमान र बहराइनबाट शव ल्याउन समस्या भइरहेको बताइएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्