×

आज (२०७८-०३-१७) को राशिफल

असार १७, २०७८ | दाक्सु मिडिया

  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। दाम्पत्य जीवनमा एक किसिमको निरासता आउने सम्भावना रहेको छ ।

  • वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज रमाइलो यात्राको सम्भावना रहनुका साथै त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अपुरा कामहरू पुरा हुनेछन् ।

  • मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

  • कर्कट (हि, हु, हे, हो, डा, डिडु, डे, डो)

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । न्यायिक कार्यमा पनि सफलता मिल्नेछ ।

  • सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आफन्त सँग मनमुटाव बढ्ने र सामान हराउन पनि सक्नेछ। तसर्थ सचेत रहनु होला ।

  • कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । अधुरा र जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

  • तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज नयाँ काम गर्न सकिनेछ साथै साथ, सहयोग र समर्थन गर्नेहरू प्रशस्त भेटिनेछन् । सामाजिक र राजनैतिक क्षेत्रमा चासो बढ्नेछ ।

  • वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सफल यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ ।

  • धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

  • मकर (भो,जा,जि,जु,जे,जो,ख,खि, खु, खे, खो, गा, गि)

अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

  • कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नेछ ।

  • मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ, तर शेयर बजारमा नोक्सानी होला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: