|
२०८३ जेष्ठ १
काठमाण्डौँ । सर्वसाधारणले उपचार नपाएर ज्यान गुमाइरहेका छन् । तर सरकारी अस्पतालमा खरिद गरिएका करोडौँका मेसिन प्रयोगविहीन भएर खिया लागिरहेको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
महालेखाका अनुसार बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४ वर्षअघि ल्याइएको ‘टेलिथेरापी मेसिन’ पूर्ण रूपमा प्रयोगविहीन भई अस्पतालको बङ्करमा फालिएको छ । जसको रेडियोधर्मी स्रोतको आयु सकिँदै गएर विकिरणको जोखिमसमेत बढेको छ ।
त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरमा ५ करोड ३७ लाखको क्याथल्याब मेसिन ९ वर्षदेखि थन्किएको छ । वीर अस्पताल, शुक्रराज ट्रपिकल र नेपाल प्रहरी अस्पतालमा करोडौँका सीटीस्क्यान, भेन्टिलेटर र एमआरआई मेसिन वर्षौँदेखि प्रयोगविहीन छन् ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्