अस्पतालको १० प्रतिशत निःशुल्क बेडको अवस्था अब अनलाइन पोर्टल मार्फत हेर्न सकिने

DaksuMedia दाक्सु मिडिया
|
बैशाख ३, २०८३

काठमाण्डौँ । नेपाल सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत निःशुल्क बेडको विवरण अब अनलाइनमार्फत हेर्न मिल्ने व्यवस्था सुरु गरेको छ।

‘फ्रि हेल्थ पोर्टल’बाट कुन अस्पतालमा कति बेड खाली छन् र कसले सेवा लिइरहेका छन् भन्ने जानकारी रियल–टाइममा उपलब्ध हुनेछ।

यो प्रणालीले पहिले कागजमै सीमित रहेको व्यवस्थालाई पारदर्शी बनाउँदै लक्षित वर्गले सहज रूपमा निःशुल्क उपचार पाउने अपेक्षा गरिएको छ। सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्ना बेडको विवरण अनिवार्य रूपमा अपडेट गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *