चितवनमा २ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २४

काठमाण्डौँ । २४ घण्टामा चितवनमा २ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ । खैरहनी नगरपालिकामा २ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

यो सँगै चितवनमा स्क्रब टाइफस संक्रमितको संख्या ४३५ पुगेको छ । हालसम्म ६ हजार ३४३ जनाको परीक्षण हुँदा ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म भरतपुर महानगरपालिकामा ३०, खैरहनी नगरपालिकामा ७८, माडीमा ५, रत्ननगरमा १३१, राप्तीमा ४६, कालिकामा ३७ र इच्छाकामना गाउँपालिकामा ७ जना संक्रमित भेटिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *