विश्वकै उच्च स्थानमा नृत्य गर्दै जेडी तमू र छिरिङ शेर्पाले राखे कीर्तिमान

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर २

कोरियोग्राफर तथा कन्टेम्पोररी डान्सर जेडी तमू र डान्सिङ स्टार नेपालका विजेता छिरिङ शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन्।

उनीहरूले विश्वकै उच्च स्थानमा कोरियोग्राफ गरी नृत्य प्रस्तुत गर्दै विश्व रेकर्ड राखेका हुन्।

उनीहरूले मंसिर १ गते सर्वोच्च शिखर सगरमाथास्थित कालापत्थरको ५६०० मिटर उचाइमा नृत्य प्रस्तुत गरेका थिए। यस शीर्षकमा विश्व कीर्तिमान कायम गर्ने विश्वकै पहिलो टिम हो। 

उनीहरूले विभिन्न नेपाली लोक नृत्यलाई समायोजन गरी तीन मिनेट लामो प्रस्तुती दिएका थिए। नेपाली कला संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्न उक्त कार्यक्रम गरिएको कोरियोग्राफर जेडीले बताए। 

सरस्वती धिमालले कोरियोग्राफ गरेको गीतलाई प्रेम पौडेलले छायांकन गरेका हुन् भने ड्रोन अभय पोखरेलले चलाएका थिए।

इलाममा जन्मिएका जेडीकाे पूरा नाम जगदीश गुरुङ हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *