सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १९

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापति नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको निर्णयअनुसार सिजापतिलाई चार वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको हो ।

बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका सिजापति यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत थिए । त्यहाँ रहँदा उनले बैंकिङ तथा वित्तीय क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हालेका थिए ।

सिजापति चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत हुन् । वित्तीय व्यवस्थापन, बैंकिङ प्रणाली तथा संस्थागत सुशासनसम्बन्धी क्षेत्रमा उनको अनुभव रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ नेतृत्वसँगै बैंकको व्यवसाय विस्तार, वित्तीय अवस्था थप मजबुत बनाउने तथा ग्राहकलाई प्रदान गरिने बैंकिङ सेवाको गुणस्तर सुधार गर्ने अपेक्षा गरेको छ ।

चार वर्षे कार्यकालका लागि सीईओको जिम्मेवारी पाएका सिजापतिसामु बैंकको व्यवसायलाई थप विस्तार गर्दै प्रतिस्पर्धात्मक बैंकिङ बजारमा सांग्रिलाको उपस्थितिलाई बलियो बनाउने चुनौतीसमेत रहेको छ ।

नवनियुक्त सीईओ सिजापतिले आफ्नो अनुभव र दक्षतालाई उपयोग गर्दै बैंकको समग्र विकास, संस्थागत सुशासन र ग्राहककेन्द्रित सेवामा जोड दिने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *