|
२०८३ जेष्ठ ६
काठमाण्डौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे नियमित काममा फर्किएका छन् । बैंकका अनुसार पाण्डेले सीइओको रुपमा हिजो जेठ ५ देखि नियमित काम सुचारु गरेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले वैशाख २९ गते उनलाई पक्राउ गरेको थियो। उनलाई पक्राउ गरिएपछि उनकी पत्नी निरु दाहालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण निवेदन हालेकी थिइन् । सर्वोच्चले जेठ १ गते उनलाई रिहा गर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि उनी रिहा भएका थिए। रिहा भएसंगै उनी पुनः सीइओको जिम्मेवारीमा फर्किएका हुन् ।
स्मार्ट सेल प्रकरणमा उनी पक्राउ परेका थिए । स्मार्ट सेलको लाईसेन्स खारेज भएपछि स्वत सरकारको नाममा जानु पर्ने सम्पत्ति बैंकले मिलेमतोमा लिलाम गरेर सरकारलाई हानी नोक्सानी पुर्याएको विषयमा सीआईबीले छानबिन गरिरहेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्