|
२०८३ बैशाख ११
काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ ।
राष्ट्र बैंकले बुधबार १९ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत सो रकम खिच्न लागेको हो ।
निक्षेप संकलनको बोलकबोल तथा निष्कासन आजै हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसको साँवा र ब्याज भुक्तानी भने यही वैशाख ३० गते हुने बताइएको छ ।
साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्