९ महिनामा लघु निर्जीवन बीमकको व्यापार ९८.६९ करोड नाघ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १०

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउनदेखि चैतसम्म) लघु निर्जीवन बीमा कम्पनीहरूले उल्लेखनीय व्यापार गरेका छन् । समीक्षा अवधिमा ४ वटा लघु निर्जीवन बीमकले कुल ९८ करोड ६९ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् ।

यस अवधिमा ती कम्पनीहरूले कुल ३ लाख ७४ हजार ६६३ वटा बीमालेख जारी गरेका छन् । बीमाशुल्क संकलनका आधारमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले १ लाख ८ हजार २६७ वटा बीमालेख जारी गर्दै २७ करोड ८२ लाख रुपैयाँ संकलन गरेको छ ।

त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्स दोस्रो स्थानमा रहँदै ९२ हजार ४४ वटा बीमालेख बिक्रीमार्फत २४ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ ।

स्टार माइक्रो इन्स्योरेन्सले १ लाख २ हजार १८१ वटा बीमालेख जारी गरी २३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने ट्रस्ट माइक्रो इन्स्योरेन्सले ७२ हजार १७१ वटा बीमालेख बिक्री गर्दै २२ करोड ९६ लाख रुपैयाँ संकलन गरेको छ ।

समग्रमा, लघु निर्जीवन बीमा क्षेत्रमा यस अवधिमा स्थिर वृद्धि देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *