आज सेयर बजारमा सामान्य गिरावट, ७ अर्ब ८१ करोडको कारोबार

DaksuMedia दाक्सु मिडिया
|
बैशाख ९, २०८३

काठमाण्डौँ । साताको कारोबारको एक दिन नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा झिनो गिरावट आएको छ । आज नेप्से सूचक २.९५ अङ्कले घटेर २८०४.१७ को विन्दुमा पुगेर बन्द भएको छ ।

बजारमा गिरावट आउँदा कारोबार रकम भने बढेको छ । दिनभरिमा ३४२ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता सेयर खरिदबिक्री हुँदा कुल ७ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा केही कम्पनीहरूको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पाल्पा सिमेन्टको मूल्य १५ प्रतिशतले बढेको छ भने सूर्यकुण्ड हाइड्रोपावर र शिखर पावर डेभलपमेन्टको मूल्यमा समान १४.९९ प्रतिशतको वृद्धि देखिएको छ । त्यस्तै झापा इनर्जीका लगानीकर्ताले १४.०८ प्रतिशत नाफा कमाएका छन् । आज होटल फरेस्ट इनको मूल्यमा सबैभन्दा धेरै १०.७५ प्रतिशतको गिरावट देखिएको छ ।

समूहगत आधारमा होटल तथा टुरिजम समूहमा सबैभन्दा धेरै २.३६ प्रतिशत तथा ट्रेडिङ समूहमा १.१० प्रतिशत गिरावट देखिएको छ । अन्य कुनै पनि समूहमा एक प्रतिशत भन्दा धेरैको उतारचढाव देखिएन ।

कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर सबैभन्दा अगाडि रह्यो । यस कम्पनीको ४१ करोड ३४ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *