|
२०८३ बैशाख ६
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १४८.३९ रुपैयाँ र बिक्रीदर १४८.९९ रुपैयाँ तोकिएको छ।
युरो १७५ रुपैयाँ माथि कायम रहँदा बेलायती पाउण्ड २०० रुपैयाँ नाघेको छ। त्यस्तै स्वीस फ्र्याङ्क, अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरमा पनि सामान्य उतारचढाव देखिएको छ।
एसियाली मुद्रातर्फ चिनियाँ युआन, जापानी येन, साउदी रियाल, कतारी रियाल लगायतका दर स्थिरजस्तै छन्। उच्च मूल्यका मुद्रामा कुवेती दिनार करिब ४८६ रुपैयाँ बिक्रीदरमा रहेको छ।
राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार यी दर जुनसुकै बेला संशोधन हुन सक्छन्, र वाणिज्य बैंकहरूमा दर फरक हुन सक्नेछ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्