|
२०८३ बैशाख ३
काठमाण्डौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला १०० र चाँदी ३० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २५० कायम भएको छ ।
बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २ सय २० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८ सय २१ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्