वर्षको अन्तिम सेयर बजार कस्तो रह्यो ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ३०

काठमाण्डौँ । २०८२ सालको अन्तिम कारोबार दिन सेयर बजार ४.१८ अंक घटेको छ । यो कमीसँगै बजार २८३३ अंकमा झरेको छ । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ८ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६६ करोडको भयो ।

१०५ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने १२ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०२ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.६६, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४० र निर्जीवन बीमा ०.४६ प्रतिशत बढे ।

बैंकिङ ०.४७, विकास बैंक ०.५५, फाइनान्स ०.२९, जीवन बीमा ०.४६, माइक्रोफाइनान्स ०.४२, अन्य १.६२ तथा व्यापार ०.२१ प्रतिशत घटे ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सुपर खुदी हाइड्रोपावर, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट, रिजलाइन इनर्जी र शिखर पावर छन् ।

मेन्छियाम हाइड्रोपावरको ९.०१, उपकार लघुवित्तको ७.१७ तथा नेसनल हाइड्रोपावरको मूल्य ६.६७ प्रतिशत बढ्यो । युनिक नेपाल लघुवित्तको ३.६०, अभियान लघुवित्तको २.९७ तथा सान्भी इनर्जीको २.९६ प्रतिशत मूल्य घट्यो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *