|
२०८२ चैत्र २९
काठमाण्डौँ । सिटिजन्स बैंकको १ लाख ८६ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको १ लाख ८६ हजार ५६५.१३ कित्ता शेयर बिक्रीमा राखिएको हो । यो शेयरमा प्रचलित कानुनबमोजिम योग्य सर्वसाधारण तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन् ।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ ।
शेयर खरिदका लागि निवेदन ३५ दिनको समय दिइएको छ। यो अवधिभित्र निवेदन काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्