आज सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २९

काठमाण्डौँ । आइतबार सुनचाँदीको भाउ सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज सुन ४ सय रुपैयाँले बढेको हो ।

समग्रमा विगत एक सातामा सुनको भाउ ३ हजार १ सय रुपैयाँ बढेको छ । गत आइतबार २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९ सय ७५ रुपैयाँमा कायम भएको छ । गत आइतबार चाँदी प्रतितोला ४ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *