|
२०८२ चैत्र २५
काठमाण्डौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले निमित्त प्रमुख कार्यकारी निर्देशक (एक्टिङ सीईओ) को जिम्मेवारी वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत कवि फुयाललाई दिएको छ । सीइओ राजकुमार अर्याल १६ चैतमा पक्राउ परेपछि कम्पनीले फुयाललाई निमित्त सीइओको जिम्मेवारी दिएको हो ।
मंगलबार बसेको इन्स्योरेन्स सञ्चालक समितिले फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
सीईओ अर्याल भने कर्मचारीका लागि छुट्याइएको ४ लाख ८० हजार कित्ता शेयर वितरणमा मनोमानी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) बाट पक्राउ परेका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्