|
२०८२ चैत्र २५
काठमाण्डौँ । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७ हजार २ सय रुपैयाँले बढेर दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २ सय ५ रुपैयाँले बढेर प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५६ हजार ३ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय ८ रुपैयाँ कायम भएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्