आज सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २४

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ रुपैयाँले बढेको हो ।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि हिजो सुन प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज सुनको मूल्य १० ग्राममा २ लाख ५० हजार १ सय ७० रुपैयाँ कायम गरिएको छ ।

सुनसँगै आज चाँदीको मूल्य पनि सामान्य बढेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय ३२ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *