|
फाल्गुन २९, २०८२
काठमाडौं : नेपाल राष्ट्र बैंक ले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य केही बढेको छ।
बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा कायम भएको छ। बिहीबार भने यसको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा थियो।
त्यस्तै युरो, पाउण्ड, स्वीस फ्र्याङ्कलगायत अन्य विदेशी मुद्राको विनिमयदर पनि राष्ट्र बैंकले निर्धारण गरेको छ। आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्