काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारण सभा काठमाडौँको नक्सालस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा आयोजित सभाले आर्थिक वर्ष २०८१/८२ का विभिन्न वित्तीय तथा प्रशासनिक प्रस्तावहरू पारित गरेको हो।
सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा नेपाल वित्तीय प्रतिवेदन मानक (NFRS) अनुसार तयार गरिएको वासलात, नाफा–नोक्सान विवरण र नगद प्रवाह विवरण सर्वसम्मतिले स्वीकृत गरिएको छ।
त्यसैगरी, स्वतन्त्र सञ्चालकका रूपमा गोपाल घिमिरे र सञ्चालकमा दीपक नेपालको नियुक्ति अनुमोदन गरिएको छ। सहायक कम्पनी हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पनि सभाबाट पारित गरिएको कम्पनीले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर. एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स नियुक्त गरिएको छ। साथै, नियामक निकायबाट आवश्यक निर्देशन प्राप्त भएमा सोही अनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गरिएको छ। कम्पनी ऐनको दफा १०५ (१) (ग) बमोजिम गत आर्थिक वर्षमा भएको खर्चसमेत अनुमोदन गरिएको छ।
कार्यक्रममा सञ्चालक समिति सदस्य प्रमिला केसीले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालक आशिष ढकालले धन्यवाद ज्ञापन गरेका थिए। प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले शेयरधनीहरूको जिज्ञासाको सम्बोधन गर्दै कम्पनीलाई आगामी दिनमा अझ सुदृढ र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरे।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्