आज होटल फरेष्ट इनको आइपीओमा आवेदन दिने अन्तिम मौका

DaksuMedia दाक्सु मिडिया
|
माघ २६, २०८२

काठमाडौँ । होटल फरेष्ट इन लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले माघ २२ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख २० हजार कित्ता शेयर निष्कासन गरेको हो।

जसमध्ये २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा सीडीएससीको ‘मेरो शेयर’ प्रणालीमार्फत दिन सकिन्छ। यस आइपीओको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *