कामना सेवा विकास बैंकका प्रमुख शेयरधनीमा नेपाल लाइफ इन्स्योरेन्सको सहभागिता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३०

काठमाण्डौ । कामना सेवा विकास बैंकमा ०.५ प्रतिशतभन्दा बढी शेयर स्वामित्व राख्ने ठूला शेयरधनीको संख्या २५ पुगेको छ। बैंकको २०८२ असार मसान्तसम्मको विवरण अनुसार व्यक्तिगत तथा संस्थागत गरी २५ जना/संस्थाले ०.५ प्रतिशतभन्दा बढी शेयर स्वामित्व राखेका छन्।

अघिल्लो आर्थिक वर्ष २०८१ असार मसान्तसम्म यस्तो शेयरधनीको संख्या २४ मात्र रहेको थियो। पछिल्लो समय नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बैंकको ठूला शेयरधनीमा प्रवेश गरेसँगै यो संख्या बढेको हो। नेपाल लाइफ इन्स्योरेन्सले बैंकको कुल शेयरमध्ये १.०५९ प्रतिशत हिस्सा खरिद गर्दै सातौँ ठूलो शेयरधनीको स्थान बनाएको छ।

बैंकका शेयरधनीहरूमध्ये तुलसा पाण्डेको सबैभन्दा बढी २.४३ प्रतिशत शेयर स्वामित्व रहेको छ। त्यसपछि इन्टेग्र सोर्सेस प्रालिको १.९९ प्रतिशत, सिता आचार्यको १.७५ प्रतिशत, श्रीराम पाण्डेको १.३८ प्रतिशत, सिताराम उप्रेतीको १.३६ प्रतिशत तथा मदन खनालको १.०७ प्रतिशत शेयर स्वामित्व रहेको छ।

यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको १.०५ प्रतिशत शेयर स्वामित्व रहेको छ। अन्य ठूला शेयरधनीहरूमा जनार्दन देव पन्तको ०.९७ प्रतिशत, रामप्रसाद पोखरेलको ०.९४ प्रतिशत र रिब बहादुर थापाको ०.९३ प्रतिशत शेयर स्वामित्व रहेको छ।

बाँकी शेयरधनीहरूको स्वामित्व भने १ प्रतिशतभन्दा कम रहेको बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *