आइएमई लाइफको वार्षिक साधारणसभा सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २४

काठमाण्डौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको नवौं साधारणसभा काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको कुल १०।५२६३२ प्रतिशतले हुन आउने ५२ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँबराबरको नगद लाभांश ९करसहित० अनुमोदन गरेको छ । सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष २०८२र८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिर्वतनका लागि सम्बन्धित अभिलेख राख्ने निकायबाट प्राप्त निर्देशन अनुसार फेरबदल गर्ने अधिकार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गरेको छ। साथै, सभाले गत आर्थिक वर्षमा कम्पनीद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको खर्चहरू पनि अनुमोदन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *