स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला आयोजना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १३

काठमाण्डौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ ।

काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपाल र गोङ्गबु आवास क्षेत्रको आयोजनामा आजदेखि गोङ्गबु टाउन प्लानिङमा मेला आयोजना भएको हो ।

मेलाको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका सुशासन समितिका सभापति एवं काठमाडौँ महानगरपालिका २६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्रवर्द्धन गर्न मेला आयोजना गरिएको बताए ।

रैथाने एग्री प्रडक्टका अभियन्ता कृष्ण स्याङ्ताङले मेलामा नेपालमा उत्पादित मह, सिस्नो, चामल, गेडागुडी, कपडा, सातु, सुन्तलालाई प्रदर्शनी तथा व्यापारका लागि राखिएको बताए । मेलामा ५५ जिल्लाका उत्पादन राखिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *