|
२०८२ पुष २
काठमाण्डौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अकंले बढेर २६२५.७० बिन्दुमा बन्द भएको छ । आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोडको कारोबार भएको हो ।
यसदिन १० उपसूचक हरियाली आएको छ भने ३ उपसूचक घटेको छ । आज १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्