|
२०८२ भाद्र ५
काठमाण्डौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा १ हजार ३ सय रुपैयाँ वृद्धि भएको हो ।
जसअनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै बुधबार सोही सुन तोलामा १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम थियो ।
यसैबिच चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा २ हजार २ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार २ सय ९० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्