आइतबार नेप्से घट्यो, कारोबारमा भने बृद्धि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १

काठमाण्डौँ । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा आइपुगेको छ।

बजार खुलेको केही समयमा २८०३ सम्म पुगेको नेप्सेले त्यो वृद्धि कायम राख्न सकेन ।

यस दिन कारोबार रकममा भने वृद्धि भएको छ। यस दिन सात अर्ब ७३ करोड रूपैयाँको कारोबार भएको हो । गत बिहीबार सात अर्ब ४६ करोड रूपैयाँको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएका समूहगत परिसूचक घटेका छन् । व्यापारमुलक र अन्य समूहगत परिसूचक सबैभन्दा धेरै १.६४ र १.३४ प्रतिशतले घटेको छ।

कारोबारमा आएका ३१७ धितोपत्रमध्ये ८४ वटाको मूल्य बढेको छ। दुई सय २२ वटाको सेयर मूल्य घटेको छ।

राष्ट्रिय वाणिज्य बैंकको आरबीबी म्युचुअल फण्ड १ को मूल्य सबैभन्दा धेरै ७.९३ प्रतिशतले बढेर ११ रूपैयाँ ०३ पैसा पुगेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *