काठमाण्डौँ । वैदेशिक रोजगारमा रहेकालाई आईपीओ भर्ने अवधि छोट्याइएको छ ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट (नवौं संशोधन) निर्देशिका २०८२ लागू गर्दै अवधि घटाएको हो । यसअघि वैदेशिक रोजगारमा रहेकालाई आईपीओमा आवेदन दिने अवधि कम्तीमा १५ दिन कायम गरिएकोमा त्यसलाई घटाएर ४ दिनमा झारिएको हो ।
यदि ४ कार्यदिनभित्र सम्पूर्ण रुपमा आईपीओ बिक्री नभएमा भने उक्त समयावधि खुल्ला भएको मितिले १५ दिनसम्म कायम रहने व्यवस्था गरिएको छ ।
यसअघि वैदेशिक रोजगारमा रहेकालाई छुट्याइने आईपीओ दुई दिनमै सबै बिक्री भए पनि १५ दिनसम्म आवेदनको म्याद रहने गरेको थियो । तर अब ४ दिनमा सबै बिक्री भएमा १५ दिनको म्याद नरहने बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिएका छन् ।
सर्वसाधारण समूहमा जारी हुने सेयरमा १० प्रतिशत सेयर वैदेशिक रोजगारमा रहेकालाई कोटा छुट्याइँदै आएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्