ट्रान्सफर्मर चोरिँदा धानबालीमा पानीको संकट

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १४

महोत्तरी :महोत्तरीमा सिँचाइका लागि जडान गरिएका विद्युत् ट्रान्सफर्मर र मोटर चोरी हुँदा किसान समस्यामा परेका छन्। सोनमा गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालनको तयारीमा रहेका ट्रान्सफर्मरसमेत चोरी भएपछि धानमा पानी लगाउन कठिन भएको किसानले बताएका छन्।

किसानले चोरीमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न र सिँचाइका लागि वैकल्पिक ट्रान्सफर्मर व्यवस्था गर्न माग गरेका छन्। जिल्ला प्रशासनले घटनाको अनुसन्धान गरी दोषीको खोजी गर्न प्रहरीलाई निर्देशन दिएको छ।

गत आर्थिक वर्षमा महोत्तरीमा २८ वटा ट्रान्सफर्मर तथा ठूलो संख्यामा सिँचाइका मोटर चोरी भएको तथ्यांक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *