शिक्षा मन्त्रालयको माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष २६

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले अन्नपूर्णलाई  जानकारी दिए। उनले भने,’ सीसीएमसीसीको निर्णय हामीले कार्यान्वयन गर्छौं । केहीबेरमा सूचना जारी गर्छौं।’

आइतबार मात्र कोभिड १९ सङ्क्रमण व्यवस्थापन समन्वय समिति (सीसीएमसीसी) ले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो।

जनस्वास्थ्यविदहरूको सल्लाहअनुसार आइतबार मात्र सीसीएमसीसीले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *