नेपालमा एकैदिन थपिए १ हजारभन्दा बढी कोरोना संक्रमित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष २५

काठमाडौ : नेपालमा धेरै समयपछि एकैदिन १ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार  पिसिआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आइतबार देशभर ६ हजार ७ सय  ५५ जना कोरोनाका संक्रिय संक्रमित छन्। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन्। काठमाडौं उपत्यकामा आइतबार ६१५ जना नयाँ संक्रमित थपिएका छन्। त्यसमध्ये काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना थपिएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *