|
२०७८ मंसिर ५
प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो ‘मौसम’ सोलुखुम्बु आइपुग्नुभएको छ । स्टार यूथ क्लब, सोलुखुम्बुको आयोजनामा आजबाट सुरु हुने ४ दिने भलिबल प्रतियोगीता तथा सांगीतिक साँझको उद्घाटनका लागि मन्त्री आङबो सोलुखुम्बु आइपुग्नुभएको हो ।
अबको केही समयपछि कार्यक्रमको उद्धघाटन समारोह सुरु हुने आयोजकले जनाएको छ । सामाजिक उदेश्य सहित सोलुखुम्बु जिल्लामा दर्ता भएको क्लबले आफ्नो स्थापना दिवसको अवसरमा आजबाट महिलातर्फ प्रदेश १ नं. प्रदेश स्तरीय र पुरुषतर्फ सोलुखुम्बु जिल्लाका अन्तर स्थानीय तह स्तरीय खेल हुने सञ्चालन गर्ने क्लबका अध्यक्ष नाम्गेल शेर्पाले जानकारी दिनुभयो । उक्त प्रतियोगिता जिल्ला समन्वय समिति, सोलुखुम्बुको प्राङ्गण सल्लेरीमा सञ्चालन हुनेछ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्