बाढीपहिरो: अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय ११ पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक ६

काठमाडौं । बेमौसमी वर्षापछिको बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या एक सय ११ पुगेको छ । ३३ जना अझै बेपत्ता रहेका छन् ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको पुष्टि गरेको छ ।

प्रदेश १ मा ६६ जना, सुदूरपश्चिम प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा दुई जना र बागमती प्रदेशमा एकजना गरेर जम्मा १११ जनाको मृत्यु भएको हो। यस्तै सुदूरपश्चिम प्रदेशमा २० जना, प्रदेश १ मा ९ जना, लुम्बिनी प्रदेशमा दुई जना, प्रदेश २ र कर्णालीमा एकरएक जना बेपत्ता भएका छन् ।

साथै प्रदेश १ मा १८ जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा १३ जना गरी जम्मा ३२ जना घाइते भएको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *