मेरापिक गएर फर्केका एक भरियाको ठाङनाकमा ज्यान गुमाए

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक ३

काठमाडौ,

मेरापिक गएर फर्केका एक भरियाको ठाङनाकमा मृ’ त्यू भएको छ ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा अवस्थित मेरा आरोहण दलमा भरियाका रुपमा खारे पुगेका महाकुलुङ ५ चाचालुङका २८ बर्षिय जीवन कुलुङको आज ठाङनाकमा मृ#त्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार मृ’तक कुलुङ खारेमा विरामी परेपछि (पर्यटकका लागि एक क्याम्प मानिने तल्लो क्षेत्र)ठाङनाक आइपुगेका थिए । खारेका होटल व्यवसायीका अनुसार उनी मेरा आरोहण दलमा हाइ क्याम्पसम्म आवास सामाग्री बोकेर पुगेका थिए । क्याम्पबाट फर्केपछि खारेमा उनी वि’रामी परेका थिए ।

उनी कुन आरोहण टोलीमा भरियाका रुपमा मेरा पुगेका थिए भन्ने बारे खुल्न बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *