बटुवालाई मास्क बाढ्न आफैँ खटिन्छन् पाल्पा प्रहरी प्रमुख

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १९

पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख सर्वसाधरणलाई मास्क बाढ्न आफैँ खटिने गरेका छन् । प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराई पछिल्लो एक हप्तादेखि मास्क बाँड्ने कार्यमा  व्यस्त छन् । 

कोरोना महामारी सहज बन्दै जाँदा सर्वसाधरण सर्तकता अपनाउन छाडेपछि प्रहरी प्रमुख भट्टराई स्वयं मास्क वितरण कार्यमा लागेका हुन् । 

चाडपर्वको समयमा सर्वसाधारण किनमेलमा स्वास्थ्य मापदण्डको ख्याल नै नगरी हिँडेको देखेपछि सचेतनासहितको कार्यक्रममा जुटेको प्रहरी प्रमुख भट्टराईले बताए । 

सर्वसाधारणको बढी चहलपहल हुने मुख्य बजार क्षेत्र र सेवाग्राहीको भिडभाड हुने स्थानमा ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *