आजको सेयर कारोबार: मापक नेप्से परिसूचक करिब ७० अंकले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १२

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार करिब ७० अंकले घटेर २ हजार ६ सय १५।४० विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो करिब २।६१ प्रतिशतले कम हो ।

आइतबार र सोमबार पनि उच्च अंकले घटेको बजारले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।

अघिल्ला दिनमा जस्तै मंगलबार पनि सेयर बजारमा उतारचढाब देखियो । तर, अधिकांश समय बजार ओरालो लागिरह्यो ।

सो दिन पनि कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।

दिनभरीको कारोबारमा २ सय १६ कम्पनीका ५ अर्ब ७४ करोड रुपैयाँबराबरको सेयर किनबेच भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *