ताप्लेजुङ: खोंचमा फेला परेकी युवतीको शवको पहिचान

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन ८

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-७ को सेती चौताराभन्दा केही तलको खोंच भागमा फेला परेको युवतीको शवको पहिचान खुलेको छ । 

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-३ लिङ्खिमका १८ वर्षीय पुष्पा लिम्बूको रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) बालनरसिंह राणाले जानकारी दिए । 

डिएसपी राणाका अनुसार पुष्पाका बुवाले शव आफ्नी छोरीको भएको भनेर हुलिया साविती गरेपछि पहिचान खुलेको हो । शव पोष्टमार्टपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ । 

घटनाको र शवको प्रकृतिका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया  सुरु गरिसकेको जनाएको छ । शव अर्धनग्न अवस्थामा सेती चौताराबाट पर गएपछि टापु जस्तो देखिने ठाउँभन्दा तल खोंचमा फेला परेको थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *