पछिल्लो २४ घण्टामा १ हजार ७६० जनामा कोरोना संक्रमण

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ३०

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ५२४ जनाको पीसीआर परीक्षणमा १ हजार ३३२ र ४ हजार ३२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४२८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार २२० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *