क्रियाशील सदस्यता विवाद टुङ्गिएसँगै कांग्रेस महाधिवेशनमा अग्रसर

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ८

काठमाडौँ । नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्गिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको छ ।

प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरुका तर्फबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिवेदन बुझाउनुभएको हो । क्रियाशील सदस्यताको बाँकी विवाद मिलाउन पार्टीले नेता सिटौलासहित केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी प्रदान गरेको थियो ।

क्रियाशील सदस्यतालाई अन्तिम रुप दिएसँगै यही भदौ १८ गते तोकिएको कांग्रेसको गाउँ/नगर वडा अधिवेशन सुनिश्चित भएको छ । नेता कार्यकर्ताहरु अधिवेशनका लागि जिल्ला र गाउँ जान सुरु भइसकेको छ । नौ लाखको हाराहारीमा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन । क्रियाशील सदस्यहरुले आफने वडा समिति र क्षेत्रीय प्रतिनिभिको चयन गर्ने विधानमा उल्लेख छ ।

सभापति देउवाले क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेपछि प्रतिवेदन पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण हुनेछ । निर्वाचन समितिले क्रियाशील सदस्यताको विवरण प्राप्त गरेलगत्तै एक÷दुई दिनभित्र सम्पूर्ण जिल्लामा पु¥याइसक्ने समिति संयोजक महादेवप्रसाद यादवले राससलाई जानकारी दिनुभयो । समय कम भएकाले समितिले स्थल र हवाई यातायातका साथै कतिपय हिमाली जिल्लामा हेलिकोप्टर समेत प्रयोग गर्ने उहाँले बताउनुभयो ।

निर्वाचन समितिले क्रियाशील सदस्यता नामावली सूची, पार्टीको विधान र नियमावली, निर्वाचन निर्देशिका, अधिवेशनमा निर्वाचित हुने सदस्यलाई प्रदान गर्ने प्रमाणपत्रसहितको बण्डल प्रत्येक जिल्ला सदरमुकाममा वडा अधिवेशनको कम्तीमा एक साता अघि र त्यसको दुई दिनभित्र प्रत्येक वडामा पु¥याउने लक्ष्य राखेको छ ।

उक्त सबै सामग्री छपाइको सम्पूर्ण काम सम्पन्न भइसकेको र सबै वडा तथा निर्वाचन समितिका लागि करिब सातदेखि आठ हजारको बण्डल बनाएर देशभर पठाइने उहाँले बताउनुभयो । समितिले तराई र सुगमका ४१ जिल्लामा योजनाअनुसारको निर्धारित समयमै निर्वाचन सामग्री पुग्ने अपेक्षा गरेको र बाँकी हिमाली तथा विकट पहाडी ३६ जिल्लामा भने यातायातको केही चुनौती रहेको जनाएको छ । यसबाहेक पार्टीले अधिवेशनमा कोभिड–१९ को महामारी, बाढीपहिराको प्रकोपलगायत चुनौतीको पनि सामना गर्नुपर्ने देखिन्छ ।

अधिवेशनका लागि समितिले पार्टी निकट मानिने डिएलएसम्बद्ध कानून व्यवसायीहरुबाट सबै जिल्लामा निर्वाचन अधिकृत तोकिसकेको छ । निर्वाचन अधिकृतले सम्बन्धित जिल्लाका पार्र्टी सभापति र शिक्षक सङ्घसँग समन्वय गरी वडास्तरमा मतदान अधिकृत तोक्ने संयोजक यादवले बताउनुभयो ।

कांग्रेसले पार्टीमा पूर्ण लोकतान्त्रिक अभ्यासका लागि विधानमा संशोधन गरी टोल, वडा, गाउँपालिका/नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको तहगत व्यवस्था गरेको छ । नयाँ विधानअनुसार कांग्रेस केन्द्रीय कार्यसमिति एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, एक कोषाध्यक्ष र बाँकी सदस्य गरी कुल १६८ सदस्यीय हुनेछ ।

गत साउन ३० गतेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औँ महाधिवेशनका लागि गाउँ/नगर/उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने, सभापति बाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार क्रियाशील सदस्य पनि हुन सक्ने र गाउँ/नगर/उपमहानगर/महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गरेको छ ।

साउन ३० गतेकै केन्द्रीय समिति बैठकले पारित गरेको संशोधित कार्यतालिकाअनुसार कांग्रेसको गाउँ/नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

9 Comments

  1. Israel

    August 18, 2026

    My neighbor Georgine has one of these. She works as a fireman and she says it looks colorful.

  2. Henriette

    August 18, 2026

    The box this comes in is 3 kilometer by 5 inch and weights 13 ton.

  3. Shea

    August 18, 2026

    i use it until further notice when i’m in my station.

  4. Werner

    August 18, 2026

    My gentoo penguin loves to play with it.

  5. Alberta

    August 18, 2026

    heard about this on rebetiko radio, decided to give it a try.

  6. Jeffry

    August 19, 2026

    heard about this on rebetiko radio, decided to give it a try.

  7. Kathlyn

    August 20, 2026

    The box this comes in is 4 yard by 5 inch and weights 12 pound!

  8. Damion

    August 20, 2026

    I tried to behead it but got truffle all over it.

  9. Hertha

    August 21, 2026

    My neighbor Elisha has one of these. She works as a fortune teller and she says it looks floppy.

Leave a Reply

Your email address will not be published. Required fields are marked *