प्रभुराम शर्मालाई प्रधानसेनापति नियुक्त गर्ने सरकारको निर्णय

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ३

काठमाडौं । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले कायमुकायम प्रधानसेनापतिको जिम्मेवारीमा रहेका शर्मालाई महारथी दर्जामा बढुवा गर्दै प्रधान सेनापतिमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आउँदो भदौ २५ गते अवकास पाएसँगै शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन्।

अवकासभन्दा एक महिना पहिले विदा बस्ने प्रचलन अनुसार थापा साउन २५ देखि विदा बसेका थिए। त्यसयता शर्माले कायमुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालिरहेका छन्।

उनी तीन वर्ष सेनाको नेतृत्वमा रहनेछन्। एक महिना अघि कामु सेनापतिको भूमिका पाएका शर्मा व्राह्मण समुदायको पहिलो प्रधान सेनापति हुने भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *