तुइन खोलामा पहिरो रोकथाम गर्न दैनिक पाँच घण्टा सडक बन्द

DaksuMedia दाक्सु मिडिया
|
मंसिर १२, २०८३

चितवन । तुइन खोला क्षेत्रमा पहिरो नियन्त्रणको काम गर्न मंसिर १३ गतेदेखि नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।

पहिरो रोकथामका लागि नेलिङ, होरिजोन्टल ड्रेन र बायोइन्जिनियरिङ प्रविधि प्रयोग गरिनेछ। काम सम्पन्न गर्न कम्तीमा १५ दिन लाग्न सक्ने सडक डिभिजन कार्यालयले जनाएको छ।

यस अवधिमा मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने सडक भने सञ्चालनमा रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *