|
मंसिर ११, २०८३
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१७ कटानीस्थित जीर्ण पुलबाट मोटरसाइकल नहरमा खस्दा २३ वर्षीय रुपेश पासवानको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार २२ वर्षीय सुवेश पासवान घाइते भएका छन्।
बुधबार साँझ भएको दुर्घटनामा घाइते दुवैलाई अस्पताल पुर्याइएकोमा रुपेशलाई चिकित्सकले मृत घोषणा गरेका थिए। उक्त पुलबाट गत वर्ष पनि मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको थियो। पटक–पटक दुर्घटना हुँदा पनि पुल मर्मतमा सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ।

दाक्सु मिडिया


तपाईको प्रतिक्रिया दिनुहोस्