|
मंसिर १०, २०८३
काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिलाई आधिकारिक मान्यता दिँदै विवरण अद्यावधिक गरेको छ ।
आयोगले असोज १८ देखि २३ गतेसम्म सम्पन्न पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति, संशोधित विधान र राजनीतिक दस्तावेजलाई अभिलेखमा समेटेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कानुनी अध्ययनपछि मंगलबार बसेको बैठकले विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बुधबार कांग्रेसलाई आधिकारिक पत्रसमेत प्रदान गरिएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्