|
मंसिर २, २०८३
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५५७ जना सवारी चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको जाँचका क्रममा सबैभन्दा धेरै १२२ जना तीव्र गतिमा सवारी चलाउने चालक कारबाहीमा परेका छन्।
त्यस्तै, मादक पदार्थ सेवन गर्ने ५४, रातो बत्ती उल्लंघन गर्ने ३५ र सीसीटीभी निगरानीबाट पहिचान भएका २९ जना कारबाहीमा परेका छन्।
यसैगरी निषेधित क्षेत्रमा हर्न बजाउने १०, लेन क्रस गर्ने २, एकतर्फी नियम उल्लंघन गर्ने २ तथा अन्य कसुरमा ३०० जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्