|
कार्तिक २९, २०८३
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको राजनीतिक विरासत रक्षाका लागि आफू निरन्तर संघर्षरत रहने बताएका छन् ।
ललितपुरमा आयोजित जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस हजारौँ सहिदको बलिदान र कार्यकर्ताको लामो त्यागबाट निर्माण भएको पार्टी भएकाले कसैले चाहँदैमा यसको अस्तित्व समाप्त नहुने जिकिर गरे ।
पाँच पटक प्रधानमन्त्री बन्न पार्टी र कार्यकर्ताको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै देउवाले कांग्रेसको इतिहास र विचारमाथि प्रहार स्वीकार्य नहुने बताए ।
उनले जेनजी आन्दोलनका क्रममा कांग्रेस र एमालेका नेता तथा उनीहरूका निवासमा भएको आगजनीलाई योजनाबद्ध घटनाको संज्ञा दिँदै पार्टीभित्र एकता कायम राख्नुपर्नेमा समेत जोड दिए ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्